PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पुजारीको हत्या विरोधमा प्रर्दशन हुन सक्ने भन्दै गृहको प्रहरी तथा प्रशासनलाई सर्कुलर



पहिलोपोस्ट

पुजारीको हत्या विरोधमा प्रर्दशन हुन सक्ने भन्दै गृहको प्रहरी तथा प्रशासनलाई सर्कुलर

काठमाडौं : बुधवार राति (भदौ ३) करिब पौने ९ बजेतिर भएको ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या विरोधमा प्रर्दशन हुनसक्ने भएको भन्दै गृहले सुरक्षा व्यवस्था मिलाउन पत्रचार गरेको छ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गर्दै सुरक्षा व्यवस्थानको साथै कुनै पनि अवाञ्छित गतिविधि भए वा कानुन विपरित कुनै पनि कार्य गरे कानुनको दायरामा ल्याउन निर्देशन दिएको छ।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी साहको गोली प्रहार गरी हत्या भएको थियो। घटना भएको एकसाता बितिसक्दा पनि हत्याको कारण भने खुलिसकेको छैन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

घटना धार्मीक सद्धभाव विथोल्न भएको भन्दै केही समूहले प्रर्दशन तथा विरोध समेत गरिरहेका छन्।

साहले पूजा गर्दै आएको हनुमानको मन्दिर उनको घरबाट झन्डै १ किलोमिटर पर रहेको छ। उनी मन्दिरमा नै बस्दै आएका थिए। घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने कारणले समेत भएको हुनसक्ने अनुमान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell