PahiloPost

May 15, 2025 | २ जेठ २०८२

वीरगंजमा गरिएको ५१० नमुना परीक्षणमा ३३ जनामा पोजेटिभ



राधेश्याम पटेल

वीरगंजमा गरिएको ५१० नमुना परीक्षणमा ३३ जनामा पोजेटिभ

वीरगंज : नारायणी अस्पताल वीरगंजमा भदौ १० गते अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार पर्सा, बारा र रौतहटका ५१० वटा नमुना परीक्षणमा ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। कुल नमुनाको ६ दशमलव ४६ प्रतिशतमा संक्रमण देखिएको नारायणी अस्पतालकका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए।

उनका अनुसार ३३ जनामध्ये ४ जना महिला र २९ जना पुरुष रहेका छन्। १२ वर्षदेखि ७० वर्ष उमेर समुहमा पर्साका २४ जना, बाराका ६ जना, रौतहटका ३ जना संक्रमित रहेका छन्। जसमध्ये नारायणी अस्पतालको क्वाटरमा बसेका दुई जना स्वास्थ्यकर्मी र एक जना तिनको छोरा संक्रमित भएका छन्।

त्यसैगरी,सशस्त्र प्रहरी पर्सा वीरगंजका २ जना सुरक्षाकर्मी पनि संक्रमित भएको नारायणी अस्पताल पीसीआर प्रयोगशालाले जनाएको छ। त्यसैगरी, बाराको जितपुरमा रहेको सैनिक ब्यारेकका एक जना सिपाही, रौतहट प्रहरीका ती जना थुनुवामा संक्रमित भएको नारायणी पिसिआर प्रयोगशालाकी डा. नीरा पाठकले जानकारी गराइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell