PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आगामी वर्षदेखि सबै स्कूल र कलेजमा ‘फिल्म स्टडी’



पहिलोपोस्ट

आगामी वर्षदेखि सबै स्कूल र कलेजमा ‘फिल्म स्टडी’

काठमाडौं : आउँदो शैक्षिक सत्रदेखि नेपालका सम्पूर्ण विद्यालय एवं कलेजहरूमा ‘फिल्म स्टडी’ हुने भएको छ। जसका लागि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ।

समितिले कोरोना भाइरसको प्रभाव कम भए लगत्तै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गरिने बताइएको छ। विकास बोर्डले विद्यालय स्तरबाटै फिल्मबारे पढ्न पाइने जनाएको छ।

‘निमावी तहदेखि कलेज र सबै क्याम्पसहरुमा फिल्मबारे शिक्षा सञ्चालन गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्नेछ। नेपाली फिल्मको संस्कार बढ्नेछ। फिल्मको इतिहास जिवित रहनेछ। प्रत्यक्ष अप्रत्यक्ष नेपाली फिल्मको दर्शक बढ्नेछ। अबका दिनमा व्यवसायिक शिक्षाहरु आवश्यक रहेको यकिन गर्दै पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा फिल्मलाई समेट्न लागिएको हो’, जारी विज्ञप्तिमा लेखिएको छ।

सुरुमा विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ।

‘यस कदमले भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ’, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए।

विकास बोर्डका अध्यक्ष दाहालका अनुसार स्कुल तहदेखि नै फिल्मको ईतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए। फिल्मबाटै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागि पनि यो आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell