PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

न्युयोर्कमा तय टेनिसको तालिका स्थगित, ओसाकाले नाम फिर्ता लिइन्



पहिलोपोस्ट

न्युयोर्कमा तय टेनिसको तालिका स्थगित, ओसाकाले नाम फिर्ता लिइन्

न्युयोर्कमा आजलाई तय एटिपी/डब्लुटिए वेस्टर्न एण्ड साउथन ओपन टेनिस अन्तर्गतका खेलहरु स्थगित भएका छन्। प्रहरीले विस्कोन्सिनमा एकजना अश्वेतलाई गोली प्रहार गरेपछि सुरुभएको विरोधको असर टेनिसमा पनि परेको हो।

त्यस्तै प्रतियोगितामा स्टार खेलाडी नाओमी ओसाकाले सेमिफाइनल खेल अघि नाम फिर्ता लिएकी थिइन्। र, पछी आयोजकले एक विज्ञप्ति निकाल्दै आजको खेल स्थगित भएको जनाएको हो।

‘एउटा खेलको रुपमा टेनिसले रंगभेद र सामाजिक अन्यायको विरुद्धमा उभिन्छ।’ विज्ञप्तिमा भनिएको छ। आयोजकले आज स्थगित खेल भोलि सञ्चालन गर्ने जनाएका छन्।

प्रहरीले जेकब ब्लेकमाथि गोली चलाएपछि मानिसहरु आक्रोशित भएका थिए।

विश्व नम्बर १० ओसाकाले ट्वीटरमा एक विज्ञप्ति निकाल्दै पुलिसद्वारा अश्वेतमाथिको नरसंहारले आफूलाई बिमार गर्नेगरेको उल्लेख गरेकी छिन्। उनले आफूले नाम फिर्ता लिए पनि धेरै फरक नपर्ने भए पनि यसले एउटा बहस सुरु गराउने विश्वास लिएको उल्लेख गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell