PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

निषेधाज्ञामा पनि मर्मत सेवा दिँदै ‘निर्माण साथी’



पहिलोपोस्ट

निषेधाज्ञामा पनि मर्मत सेवा दिँदै ‘निर्माण साथी’

काठमाडौं : निर्माण तथा मर्मत सम्बन्धी ई-कमर्स कम्पनी ‘निर्माण साथी’ले घर तथा कार्यालयमा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न आकस्मिक सेवा सुरु गरेको छ। कोभिड-१९ र निषेधाज्ञाबीच प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, सिपेज (चुहावट) रोकथाम लगायत ५० भन्दा बढी सेवाहरू दिन थालेको हो।

उपभोक्ताले अनलाइन वा फोनमार्फत् समस्याहरू टिपाउन र सेवा बुक गर्न सक्ने कम्पनीका सिइओ कुमार भट्टले जानकारी दिए। समस्या टिपाएको २ घण्टाभित्र सेवा उपलब्ध गराउने उनको दावी छ। समस्या र सेवाको प्रकृति अनुरुप शूल्क निर्धारण हुने बताइएको छ।

उपभोक्ता र कर्मचारी दुवैको स्वास्थ्य प्रती सजग हुँदै सेवामा खट्ने कर्मचारीका लागि कम्पनीले मास्क, स्यानिटाइजर र पीपीइको उपलब्ध गराएको छ। कर्मचारीको नियमित स्वास्थ्य परीक्षण गरिने र सम्पुर्ण कर्मचारीको कोरोना बिमा समेत गरिएको बताइएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै विभिन्न माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

निर्माण साथीले दैनिक आइपर्ने समस्याबाहेक इन्जिनियरिङ परामर्श, डिजाईन, घर-निर्माण र घर-सजावटको काम समेत अनलाईनबाटै उपलब्ध गराउने कम्पनीका सह-संस्थापक समेत रहेका भट्ट बताउछन्। हाल काठमाडौ उपत्यकाको लागि मात्र उपलब्ध सेवाहरु निकट भविश्यमै देशभर बिस्तार गरिने योजना रहेको कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell