PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

थुनामा रहेका एक जनाको उपचारको क्रममा मृत्यु



राधेश्याम पटेल

थुनामा रहेका एक जनाको उपचारको क्रममा मृत्यु

वीरगंज : रौतहट प्रहरीको एक जना थुनुवाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। रौतहटका २५ वर्षीय युवक विजय महरा चमारको मृत्यु भएको हो।

उनको वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले ६ दिनदेखि अस्पताल भर्ना भएको युवकको दुबै मिर्गौला फेल रहेको थियो। उनको दुई पटक डायलासिस गरिएको र हिजो राति क्रिटाइन अचानक ९ मा पुग्दा मृत्यु भएको बताए।

रौतहट, गरुडा नगरपालिका वडा नं ८ जिगडवाका २० वर्षीय निरन्जन रामको घाँटी रेटिएको घटनामा उनलाई रौतहट प्रहरीले पक्राउ गरेको थियो। गत साउन ३२ गते हत्या घटनामा उनलाई पक्राउ गरी अनुसन्धान भइरराख्दा उनको स्वास्थ्य अवस्था बिग्रेपछि उपचारको लागि वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए।

यता, हत्या काण्डमा प्रहरीले वास्तविक दोषीलाई पक्राउ नगरी निर्दोष युवकहरुलाई फसएको र विजय महरा चमारलाई कुटपिट गरी यातना दिएकोले मृत्यु भएको दलित अगुवा तथा परिवारजनले आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell