काठमाडौं : रुपन्देहीमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा संक्रमित ७० वर्षीया महिलाको मृत्यु भएको हो।
रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ जानकीनगरकी महिलामा साउन २६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उनलाई साउन ३१ गते अस्पतालमा भर्ना गरिएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।
स्वासप्रश्वासमा समस्या, दीर्घ रोगी, रक्तचाप र थाइराडको समस्या रहेको अस्पतालले जनाएको छ। अस्पतालको आइसीयुको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा आज बिहानदेखि गम्भीर समस्या आइ बिहान १०: ३० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
बुधवार राति पनि अस्पतालमा एक जनाको कपिलवस्तुका संक्रमितको मृत्यु भएको थियो। योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या सात पुगेको छ।
यससहित आजमात्र मृत्यु हुने संक्रमितको संख्या ८ पुगेको छ।
सम्बन्धित समाचार :
गर्भवतीसहित थप सात जनाको मृत्यु, ६ जनामा थियो कोरोना, एक जना शंकास्पद
