बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा प्रेमिका रिया चक्रवर्तीले मुख खोलेकी छन्। आफूमाथि विभिन्न आरोप लागिरहेका बेला रियाले आजतकलाई अन्तर्वार्ता दिँदै सुशान्त सन् २०१३ देखि नै डिप्रेशनमा रहेको दावी गरेकी छन्।
यो मुद्दामा अनुसन्धान गरिरहेको सीबीआईले रियासँग सोधपुछको तयारी गरिरहेका बेला उनले सञ्चारमाध्यममा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
रियाले २०१३ मा भएको कुनै घटनाले सुशान्त डिप्रेशनमा गएको र साइकाट्रिस्ट (मनोचिकित्सक) हरेश शेट्टीसँग भेटेको दावी गरेकी छन्। साथै शेट्टीले सुशान्तलाई मोडाफिनिल (निदाउने) औषधि प्रयोग गर्न सुझाव दिएको रियाको भनाई छ।
उनले सुशान्तको जीवनशैली खर्चिलो भएको र उनकै योजनामा युरोप ट्रिपमा गएको दावी पनि गरेकी छिन्। आफू पेरिसमा एक इभेन्टका लागि युरोप जान खोजेको तर सुशान्तले टिकट रद्ध गरेर आफैं बुकिंग गरेको रियाको भनाई छ। आफू सुशान्तको पैसामा नचलेको र एक प्रेमी जोडीको हिसाबमा बसेको दावी पनि रियाले गरेकी छन्।
रियाले सुशान्त जहाजमा बस्न पनि डराउने गरेको र यसका लागि मोडाफिनिल औषधि प्रयोग गर्ने गरेको दावी पनि गरेकी छन्। मोडाफिनिल हरसमय सुशान्तको साथमै रहने गरेको उनको भनाई छ।
सुशान्त प्रकरणमा रियाका भाई शौविकको नाम पनि जोडिने गरेको छ। रियाले आफ्नो भाइलाई सुशान्तले धेरै माया गर्ने गरेको र एक कम्पनीमा तिनै जना पार्टनरसमेत रहेको बताइन्।
गिरफ्तारीको माग
यता सुशान्तका पिता केके सिंहले रियालाई गिरफ्तार गर्न माग गरेका छन्। रियाले लामो समयदेखि आफ्नो छोरालाई विष पिलाएको र उनी हत्यारा भएको आरोप लगाएका छन्। उनले रिया र उनका सहयोगीलाई तत्काल गिरफ्तार गरेर सजाय दिन माग गरे।
#WATCH Rhea Chakraborty was giving poison to my son, Sushant from a long time, she is his murderer. The investigating agency must arrest her and her associates: KK Singh, #SushantSinghRajput's father pic.twitter.com/EsVpAUlZMt
— ANI (@ANI) August 27, 2020
