PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नेशनल मेडिकल कलेजद्वारा ५ सय बेडको दुई वटा कोभिड अस्पताल तयार, अनुमतिको पर्खाईमा



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजद्वारा ५ सय बेडको दुई वटा कोभिड अस्पताल तयार, अनुमतिको पर्खाईमा

वीरगंज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पर्साले वीरगंजमा १७० बेड र काठमाडौंमा ३ सय ३४ बेड गरी ५ सय ४ बेडको दुई वटा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ।

कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै आफूले हाल ५ सय बेडको दुई वटा कोभिड अस्पताल संक्रमितको उपचारको लागि तयार पारेको बताए। ‘वीरगंज र काठमाडौंको अवस्था ठिक छैन, दिनप्रतिदिन सक्रमितको संख्या बढ्दै गएको छ, उपचार नपाएर कतिपयको मृत्यु पनि भइरहेको खबरहर आइरहेका छन्,’ उनले भने, ‘त्यसकारण वीरगंज १६ नगवामा रहेको बाबा होटलमा २० शैय्या तथा ३० अटेच क्याबिनसहितको १७० शैयाको कोभिड अस्पताल बनाएका छौं, काठमाडौं घटेकुलोमा निर्मित काठमाडौं नेशनल मेडिकल कलेजको भवनमा ३ सय ३४ शैय्याको कोभिड अस्पताल सञ्चालन गर्न तयार भएको छ।’

उनले वीरगंजको बाबा होटलको कोभिड अस्पतालको संकट व्यवस्थापन केन्द्रले भदौ १० गते निर्णय गरी उच्च संयन्त्र समितिमा पठाइसकेको र आउँदो सोमवारदेखि सरकारसँग सम्झौता गरी वीरगंजको कोभिड अस्पताल सञ्चालनमा आइसक्ने बताए। ‘बाबा होटलमा हाल एक सय ७० र पछि ३ सय संक्रमितको उपचार गर्ने गरी सबै तयारी भइसकेको छ,’ उनले भने, ‘काठमाडौंको पूर्वाधार प्रयोग गर्न बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पोखरेलले फोन गरी अस्पताल माग्नु भएको थियो, त्यहाँ हाल ३३४ बेड चलाउन सकिन्छ, पछि ५ सय ५० बेडसम्मको आइसोलेसन पनि बनाउन सकिन्छ।’

काठमाडौंमा अचानक संक्रमित बढ्न थालेपछि बागमती प्रदेश सरकार र केन्द्र सरकार काठमाडौं नेशनल मेडिकल कलेजको भौतिक पूर्वाधार उपयोग गर्ने तयारीमा जुटेको छ। ५ वर्ष पहिले काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई सम्बन्धन नमिल्दा उक्त शिक्षण अस्पताल अहिले बन्द अवस्थामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell