इङ्ग्लिस- आइरिस पप ब्याण्ड गर्ल्ज अलाउडकी गायिकालाई स्तन क्यान्सर भएको छ। उनको क्यान्सर शरीरको अन्य भागमा पनि फैलिएको छ।
३८ वर्षीया गायिकाले ट्वीटरमार्फत् उक्त जानकारी दिइन्। उनले यसै वर्षको सुरुवातमा आफूलाई क्यान्सर देखिएको बताएकी छिन्। लेखेकी छिन्,’उक्त क्यान्सर शरीरमा फैलिएको भयावह खबर भने यसै महिना पाएकी हुँ।‘
हाल उनी साप्ताहिक रुपमा केमो थेरापी गराइ रहेकी छिन्। ‘म सक्दो लडिरहेकी छु। सकारात्मक हुन कोसिस गरिरहेकी छु’, उनले भनेकी छिन्।
Hi everyone,
— Sarah Harding (@SarahNHarding) August 26, 2020
I hope you are all keeping safe and well during these uncertain times. I’ve not posted on here for so long, thank you to everyone who has reached out to check in on me, it really does mean a lot.
I feel now is the right time to share what’s been going on. pic.twitter.com/gxzOAl71vS
