PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिममा दुई बर्षीया बालिकासहित थप ३६ जनामा कोरोना पुष्टि



एम बम

सुदूरपश्चिममा दुई बर्षीया बालिकासहित थप ३६ जनामा कोरोना पुष्टि

कैलाली: सुदूरपश्चिममा बिहीबार थप ३६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। धनगढीको सेतीप्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामागरिएको परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको हो। तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौँ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना, शिवनाथका पाँच, मेलौलीका तीन र डिलासैनीका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषाले बताए। त्यस्तै डोटीको जोरायलका एक र बझाङको जयपृथ्वी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

यता सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ९२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका ९ र धनगढी उपमहानगरका ३ जनामा संक्रमण देखिएको हो।

धनगढीमा पाँच बर्षीया बालिका, २९ बर्षीया महिला र ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। गोदावरी नगरपालिका वडा नम्वर ३ का दुई बर्षीया बालिका, २२ र ३६ बर्षीया महिला तथा अन्य ६ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

उता डोडी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोना परीक्षण भएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै डोटीका हुन्।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ९४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell