बलिउड अभिनेत्री अनुश्का शर्मा आमा बन्ने भएकी छिन्। विहीवार उनले इन्स्टाग्राममार्फत् उक्त जानकारी दिएकी हुन्।
उनका श्रीमान तथा भारतीय क्रिकेटर विराट कोहलीसँगको फोटो सेयर गर्दै लेखेकी छिन् : ‘अब हामी तीनजना हुने भएका छौं।‘ विराटले पनि सोही फोटो र क्याप्सन सेयर गरेका छन्।
अनुश्काले सन् २०२१ को जनवरीमा सन्तानलाई जन्म दिने जनाएकी छिन्।
यी दम्पतीले सन् २०१७ को डिसेम्बरमा विवाह गरेका हुन्।
And then, we were three! Arriving Jan 2021 ❤️🙏
A post shared by AnushkaSharma1588 (@anushkasharma) on
