PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा’मा पल र पूजाको जोडी



पहिलोपोस्ट

सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा’मा पल र पूजाको जोडी

गायक सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियोमा कलाकार पल शाह र पूजा शर्माको अभिनय रहेको छ। गायक ओलीले धेरै समयपछि आफ्नो गीतमा पल र पूजाको जोडी बाँधेका हुन्। गज्जब टिभी युट्युब च्यानल मार्फत म्युजिक भिडियो बिहीवार सार्वजनिक भएको छ।

गीतको शब्द प्रमुख निर्वाचन आयुक्त एवं गीतकार दिनेश थपलियाले लेखेका हुन्। संगीत अर्जुन पोख्ररेलको रहेको छ। गीतको स्वरमा सरोज ओलीलाई युवा गायिका रचना रिमालले साथ दिएकी छन्।

म्युजिक भिडियोको एरेन्ज रिकेश गुरुङ, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ। छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन्।

भिडियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell