PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित पहिचान : ४७ प्रतिशत वाग्मतीमा, २४ प्रतिशत काठमाडौंका मात्र, कुन जिल्लामा कति?



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित पहिचान : ४७ प्रतिशत वाग्मतीमा, २४ प्रतिशत काठमाडौंका मात्र, कुन जिल्लामा कति?

काठमाडौं : पछिल्लो २४ घण्टामा ४७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा भएको १२ हजार ६२९ नमुना परीक्षणका क्रममा ३३४ महिला र ७७७ पुरुष गरी एक हजार १११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

बिहीवार थप भएको संक्रमितको संख्या हालसम्मकै बढी हो। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ।

हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन्। १५ हजार ९ सय ७३ संक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा पुष्टि भएका कुल संक्रमित मध्ये वाग्मती प्रदेशमा मात्र करिब ४७ प्रतिशत छन्।

वाग्मती प्रदेशमा २४ घण्टामा ५२२ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश २ का २११ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश ५ मा १९६ जना संक्रमित पहिचान भएका छन्। प्रदेश १ मा ६३, सुदूरपश्चिम प्रदेशमा ५० र गण्डकी प्रदेशमा ४३ जना संक्रमित फेला परेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा २६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रस्तुत तथ्यांकमा उल्लेख छ।

सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा फेला परेका छन्। बिहीवार थप भएका कुल संक्रमित मध्ये २४.३ प्रतिशत र वाग्मती प्रदेशमा पुष्टि भएका मध्ये ५१.७२ प्रतिशत संक्रमित काठमाडौंका छन्। काठमाडौंमा पछिल्लो २४ घण्टामा २७० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जनामा संक्रमण पुष्टि भएको छ। मकवानपुरमा ६३ जनामा संक्रमित पहिचान भएका छन्।

पर्सा जिल्लामा ८५ बाँकेमा ७५ र रुपन्देही जिल्लामा ७२ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell