PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मोरङका ४६ जनासहित प्रदेश १ मा ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार नाघ्यो



फूलमाया पुरी

मोरङका ४६ जनासहित प्रदेश १ मा ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार नाघ्यो

विराटनगर : प्रदेश १ मा बिहीवार ९० जना कोरोना संक्रमित थपिएका छन्। बिहीवार ३४ महिला र ५६ पुरुष संक्रमित थपिएका हुन्।

जसमध्ये मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १/१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा बिहीवार ३८ जना संक्रमित थपिएका छन्। जसमा २० महिला र १८ पुरुष रहेका छन्। मोरङकै कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैचामा १ पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, सुनसरीको दुहवीमा ४ महिला र ८ पुरुष, इटहरीमा २ महिला र ८ पुरुष, गढीमा २ महिला र २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला र २ पुरुष, इनरुवामा १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामको इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ। प्रदेश १ बाट आज ८१ जना डिस्चार्ज भएका छन्।

कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ३६, मेची अस्पताल झापाबाट ९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन्। त्यस्तै, काली सदन आइसोलेसन विराटनगरबाट १ र होम आइसोलेसनबाट २९ जना पनि आजै डिस्चार्ज भएका छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९६ पुगेको छ।

प्रदेश १ मा बिहीवार १ हजार ७ सय ७३ पीसीआर परीक्षण गरिएको छ। पीसीआर परीक्षण गरिएकामध्ये ३४ महिला र ५६ पुरुषको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको छ। 

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ८७५ जनाको पीसीआर परीक्षण भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell