PahiloPost

May 15, 2025 | २ जेठ २०८२

वीरगंजमा निषेधाज्ञाको अवज्ञा गर्न थाले व्यवसायी, सीडीओ भन्छन् : निषेधाज्ञा थप लम्बिने सम्भावना छ



राधेश्याम पटेल

वीरगंजमा निषेधाज्ञाको अवज्ञा गर्न थाले व्यवसायी, सीडीओ भन्छन् : निषेधाज्ञा थप लम्बिने सम्भावना छ

वीरगंज : वीरगंजका व्यवसायीले जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञाको अवज्ञा गरेका छन्। वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगरलगायत क्षेत्रका पसल खोलेर निषेधाज्ञाको अवज्ञा गरिएको हो।

बिहीवार बिहानदेखि वीरगंज बजारका करिब सवा सय पसल आंशिक रुपमा खुल्ला गरी बिक्री थालिएको छ। ३३ दिनपछि व्यापार चौपट भएको तथा सटर भाडा, कामदारको तलब भत्ता तथा बैंकको ब्याज तिर्न समस्या हुन थालेपछि स्वतस्फूर्त रुपमा व्यवसायीले पसल खोलेर व्यापार शुरु गरेको बताएका छन्।

‘लामो समयसम्म निषेधाज्ञा लगाएर घरमा मात्र व्यवसायी र जनतालाई थुन्ने, तयारीको काम केही पनि नगर्ने, कस्तो प्रशासनको नियती छ, यसरी पनि मर्दै छौं, कोरोना लागेपनि मर्छौँ के को डर?’ एक जना व्यवसायीले भने।

पर्सामा साउन १० गतेदेखि २० गतेसम्म वीरगंजमा र २० गतेदेखि भदै १३ गते सम्म जिल्लाभरी संकट व्यवस्थापन केन्द्र पर्साले निषेधाज्ञा लगाएको छ। यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले अहिले निषेधाज्ञाको बेला पसल खोल्ने व्यवसायीलाई कारबाही गर्ने बताए।

‘म अहिले पर्साका एसपीसँगै छु, उहाँलाई खबर गरी पसल बन्द गराउन भन्छु’, उनले भने, ‘भदौ १३ गतेपछि पनि जिल्लामा निषेधाज्ञा लम्बिने सम्भावना छ, भोलि बैठकमा छलफलपछि निधो हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell