PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

बलिउड अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा दर्ता



पहिलोपोस्ट

बलिउड अभिनेत्री कंगनाविरुद्ध देशद्रोहको मुद्दा दर्ता

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ।

अखिल भारतीय भीमसेनाका राष्ट्रिय अध्यक्ष सतपाल तंवरले हरियाणास्थित गुरुग्रामस्थित सेक्टर ३७ पुलिस थानामा कंगनाविरुद्ध देशद्रोहको मुद्दा दर्ता गराएका हुन्।

कंगनाले देशको आरक्षण व्यवस्थाबारे गरेको टिप्पणीमा आपत्ति जनाउँदै देशद्रोहको मुद्दा दर्ता गरिएको सञ्‍चारमाध्यमले जनाएका छन्।

आधुनिक भारतीयले जाति व्यवस्थालाई अस्वीकार गरेको र कानूनद्वारा पनि स्वीकार्य नभएको कुरा कंगनाले ट्वीटरमा लेखेकी थिइन्।

कंगना दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मुद्दामा पनि निरन्तर आवाज उठाइरहेकी छन्। उनले बलिउडको नेपोटिज्मविरुद्ध बहस नै छेडेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell