PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फ्रेन्च फुटबलर पोग्बालाई कोरोना संक्रमण



पहिलोपोस्ट

फ्रेन्च फुटबलर पोग्बालाई कोरोना संक्रमण

फ्रेन्च फुटबलर पउल पोग्बालाई कोरोना संक्रमण पुष्टी  भएको छ।

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका २७ वर्षे मिडफिल्डर पोग्बा कोरोना संक्रमण पुष्टी भएसँगै युइएफए नेसन्स कप खेल्ने फ्रान्सको टिमबाट बाहिरिने छन्। पोग्बाको स्थानमा १७ वर्षीय एडुआर्डो कामभिङ्गाले खेल्नेछन्।

पोग्बासँगै टोटेनहमका मिडफिल्डर समेत रहेका  ट्यनगाइ न्डोम्बेलेलाई पनि कोरोना संक्रमण पुष्टी भएकाले उनी पनि टिममा रहने छैनन्।

फ्रान्सले सेप्टेम्बर ६ मा स्वीडेनसँग र ९ मा क्रोएसियासँग खेल्दैछ।

यद्यपि १४ दिनको क्वारेन्टिन पछि उनले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँगको खेल भने खेल्न सक्नेछन्। म्यानचेस्टर युनाइटेडले सेप्टेम्बर १९ मा ओल्डट्राफोर्डमा क्रिस्टल प्यासेससँग खेल्ने तालिका रहेको छ।

पोग्बासँगै टोटेनहमका मिडफिल्डर समेत रहेका  ट्यनगाइ न्डोम्बेलेलाई पनि कोरोना संक्रमण पुष्टी भएकाले उनी पनि टिममा रहने छैनन्।

फ्रेन्च टिमका मुख्य प्रशिक्षक डिडिअर डेसच्याम्पसले पोग्बालाई कोरोना संक्रमण देखिँदा अन्तिमसमयमा टिममा परिवर्तन गराउनु परेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell