PahiloPost

Jun 24, 2025 | १० असार २०८२

गौरीफन्टा नाकाबाट नेपाल भित्रिने सवारी साधन र व्यक्तिका लागि समय निर्धारण



रासस

गौरीफन्टा नाकाबाट नेपाल भित्रिने सवारी साधन र व्यक्तिका लागि समय निर्धारण
फाइल फोटो।

कञ्चनपुर : नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारी साधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि समय निर्धारण गरेको छ।

नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन र व्यक्तिसमेतको अनियन्त्रित ओहोरदोहरबाट कोभिड-१९ भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिम भएकाले प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए। सीमा नाकालाई व्यवस्थित बनाउने प्रयोजनका लागि समय निर्धारण गरिएको उनको भनाइ छ।

यसैबीच, गौरीफन्टा नाकाको सुरक्षामा खटिएको कैलालीको सुरक्षा टोली बुधवार त्यहाँबाट फिर्ता भएको छ। बुधवारदेखि गौरीफन्टा नाका र त्योसँगै जोडिएको डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको छ।

गौरीफन्टा नाका र सीमा क्षेत्रमा खटिएको कैलालीको सशस्त्र प्रहरी र प्रहरीको ठाउँमा कञ्चनपुरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोली तैनाथ गरिएको हो। डोकेबजार क्षेत्र कञ्चनपुरको भूभागमा पर्ने भए पनि उक्त क्षेत्रमा हालसम्म कैलालीको प्रहरी र सशस्त्र प्रहरीले ड्युटी गर्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell