PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

जबर्जस्ती करणी मुद्दामा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा



रासस

जबर्जस्ती करणी मुद्दामा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

गोरखा : बालिका बलात्कारको अभियोगमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालतमा आज भएको थुनछेक बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो। जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए।

गत साउन १६ गते गाउँकै एक १५ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियोे। प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्रहरीले रानाभाटलाई कारागार चलान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell