PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

विदेशबाट ४३७ नेपाली फर्किए स्वदेश, ६ शव पनि नेपाल ल्याइयो



रासस

विदेशबाट ४३७ नेपाली फर्किए स्वदेश, ६ शव पनि नेपाल ल्याइयो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन्। यी उडानमार्फत नेपाल आएका यात्रुको संख्या ४३७ रहेको छ। नेपालबाट ३०० यात्रु र चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट १५४ यात्रु र दुई शव काठमाडौं ल्याएको छ। हिमालय एयरलाइन्सले २६३ यात्रु र चार शव नेपाल ल्याएको छ। त्यस्तै, टर्किस एयरलाइन्सले इस्तानबुलबाट २० यात्रु नेपाल ल्याएको छ भने काठमाडौंबाट २०३ यात्रु र चार बच्चा लिएर उडेको छ।

आज राति नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्स क्वालालम्पुर र चीनको चोङकीङ प्रस्थान गर्ने तालिका रहेको विमानस्थलले जनाएको छ। शुक्रबार पनि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एयरलाइन्सले काठमाडौंका लागि चार उद्धार उडान गर्ने तालिका रहेको छ।

आज आन्तरिकतर्फ सात वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे। तारा, सीता तथा मनाङ एयर, श्री एयरलाइन्स र समीट एयरका हेलिकोप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell