PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु



फूलमाया पुरी

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु
फाइल फोटो।

विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

बिहीवार सिरहा नगरपालिका १ नम्बर वडाका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन्। गत ६ गते शनिवार उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका ति व्यक्तिमा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण देखिएपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। दुई दिनदेखि आइसीयूमा उपचाररत उनको बिहीवार साँझ ६:४५ बजे मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता डा सापकोटाका अनुसार ती व्यक्तिमा अस्पताल आउनुभन्दा तीन दिन अघिदेखि नै अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो थियो। जसकारण परिवारले सिधै उपचारका लागि प्रतिष्ठान पुर्‍याएका थिए।

त्यस्तै, उच्च रक्तचाप र करिब २० वर्ष अगाडि ती व्यक्तिले क्षयरोगको १८ महिना औषधि सेवन गरेका थिए। मृतकको शव व्यवस्थापन नेपाल सरकारको प्रोटोकल अनुसार हुने प्रतिष्ठानले जनाएको छ।

यससँगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १३ जनाले ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell