काठमाडौं : चितवनमा थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
बिहीवार गरिएका ३ सय ३४ नमुनामध्ये १७ वटामा कोभिड १९ पोजेटिभ देखिएको हो। संक्रमण देखिएकामध्ये ९ जना महिला रहेका छन्।
चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरेनी नगरपालिकाका मानिसमा कोरोना पोजेटिभ देखिएको हो। एक जना भने नवलपुर गौडाकोटका रहेका छन्।
