PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

निषेधाज्ञाभरी 'होम डेलिभरी' नगर्ने शर्तमा समातिएका कम्पनीका संचालक र कर्मचारी रिहा



पहिलोपोस्ट

निषेधाज्ञाभरी 'होम डेलिभरी' नगर्ने शर्तमा समातिएका कम्पनीका संचालक र कर्मचारी रिहा

काठमाडौं : प्रहरीले उपत्यकामा अनलाइनमार्फत् सामान अर्डर गरि घरघर पुर्‍याएको भन्दै नियन्त्रणमा लिएका विभिन्न कम्पनीका संचालक तथा कर्मचारीलाई छोडेको छ।

उपत्यकाभित्र जारी भएको निषेधाज्ञामा होम डेलिभरी नदिने सर्तमा उनीहरुलाई बिहीवार राति नै रिहा गरिसकेको महानगरीय प्रहरी परिसरस काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

' निषेधाज्ञाभरी उहाँहरुले सामान डेलिभरी नगर्ने शर्तमा कागज गरेर छुट्नु भएको छ,' एसएसपी ज्ञवालीले भने।

बिहीवार प्रहरीले उपत्यकाबाट सामान डेलिभरी गर्न हिँडेका इ-कमर्स, सस्तोमेला  लगायत कम्पनीका संचालक सहित ८० जना मानिस र सवारी साधनसहित नियन्त्रणमा लिएको हो। इ-कमर्स कम्पनीको कार्यालयमा नै पुगेर प्रहरीले सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell