PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

लगातार दोस्रो दिन भारतमा ७६ हजार भन्दा धेरै संक्रमित पहिचान



पहिलोपोस्ट

लगातार दोस्रो दिन भारतमा ७६ हजार भन्दा धेरै संक्रमित पहिचान

नयाँ दिल्ली : भारतमा लगातार दोस्रो दिन ७६ हजार भन्दा धेरै कोभिड १९ संक्रमित पहिचान भएका छन्। नयाँ रेकर्ड कायम गर्दै बिहीवार ७६ हजार ४ सय ८९ जना संक्रमित थपिएका हुन्। बिहीवार मृत्यु हुने संक्रमितको संख्या पनि १ हजार ८१ रह्यो। यो एकै दिन मृत्युको दोस्रो ठूलो रेकर्ड हो।

यससहित अगस्ट महिनाको २७ दिनमा मात्र भारतमा १६ लाख ८६ हजार १ सय ६२ संक्रमित फेला परेका छन्। अगस्टमा जति संक्रमित थपिएका छन्, कोरोना सुरु भएदेखि यो महिना लाग्नेबेलासम्म करिब त्यति नै संक्रमित थिए। अगस्ट अघि १६ लाख ९४ हजार ९ सय १८ जना संक्रमित थिए भारतभर। अगस्टमात्र मात्र २५ हजार भन्दा धेरैको मृत्यु भएको छ। अघिल्लो महिना मृत्यु हुनेको संख्या १९ हजार १ सय २२ जना थियो।

बिहीवार भारतमा थपिएका संक्रमित संख्या विश्वमा कुनै मुलुकमा रेकर्ड भएको तेस्रो सबैभन्दा धेरै संख्या हो। यससँगै भारतमा संक्रमितको संख्या ३३ लाख ८० हजार माथि पुगेको छ भने मृत्यु हुनेको संख्या ६१ हजार ६ सय २१।

महाराष्ट्र अहिले पनि सबैभन्दा धेरै संक्रमित राज्य बनेको छ। त्यहाँ बिहीवार १४ हजार ७ सय १८ जना संक्रमित थपिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell