PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

विमानको सिटमा बसिसकेपछि जब कोभिड १९ पोजेटिभ भएको म्यासेज आयो...



पहिलोपोस्ट

विमानको सिटमा बसिसकेपछि जब कोभिड १९ पोजेटिभ भएको म्यासेज आयो...

इटलीको पिसा जाने तयारी गरेको विमानमा भर्खरै मानिसहरु चढिरहेका थिए। स्ट्यान्स्टेड विमानस्थलमा रोकिएको विमानभित्रका ती यात्रुको मोबाइलमा म्यासेजको संकेत आयो जसलमा संदेश थियो - तपाईँलाई कोभिड १९ पोजेटिभ देखिएको छ।

संदेश देख्नासाथ ती यात्रुले क्याबिन क्रुलाई यसबारे जानकारी गराइहाले। बीबीसीका अनुसार ती यात्रु र उनका साथीलाई तत्काल विमानस्थलको आइसोलेसन क्षेत्रमा पुर्‍याइयो। विमान उडाउन रोकेर उनीहरुला स्कर्टिङ गर्दै विमानस्थलको सुरक्षित ठाउँमा लगिएको हो। विमानभित्र संक्रमित १० मिनेटमात्र भएको थियो बसेको।

यस्तो भएसँगै विमान १ घन्टा १० मिनेट ढिलो गरी उडाइयो। त्यसबीचमा विमानका सिटहरु र ओभरहेड क्याबिन डिसइन्फेक्ट गरिएको थियो।

विमानभित्र भएका यी सबै घटनाको एक यात्रुले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए तर त्यसलाई पछि हटाइयो।

रेयनएयर विमान कम्पनीले एयरलाइन्सले स्वास्थ्य निर्देशिका पूरा पालन गरेर उडानको प्रकृया अगाडि बढाएको जनाएको छ। कम्पनीका अनुसार सँगै यात्रा गरिरहेका दुवैले पूरै अवधि मास्क लगाइरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell