PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बीपी प्रतिष्ठान धरानमा कोभिड संक्रमित एक महिलाको मृत्यु



फूलमाया पुरी

बीपी प्रतिष्ठान धरानमा कोभिड संक्रमित एक महिलाको मृत्यु

विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहेकी कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको छ।

मोरङ बेलवारी वडा नम्बर ५ घर भएकी ५६ वर्षीय महिलाको मृत्यु भएको हो प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । भदौ ९ गते महिलाको कोभिड १९ पुष्टि भएको थियो।

अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्यरो आएर कोशी अस्पताल गएकी महिलालाई अस्पतालले बीपी प्रतिष्ठान धरान रिफर गरेको थियो। उनको आज बिहान सवा ३ बजे मृत्यु भएको हो।

त्यस्तै, सोही अस्पताल बिहीवार राति झापा कमल गाँउपालिका वडा नम्बर ३ बस्ने ८४ वर्ष बृद्धको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell