PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

डरलाग्दो तस्बिर : ३०८ जनाको परीक्षण गर्दा ५७ जनामा कोभिड १९



राधेश्याम पटेल

डरलाग्दो तस्बिर : ३०८ जनाको परीक्षण गर्दा ५७ जनामा कोभिड १९

वीरगंज : नारायणी अस्पताल वीरगंजमा भदौ ११ गते गरिएको पीसीआर परीक्षणमा प्रदेश नम्बर २ का ४ जिल्लाका ५७ जना संक्रमित थपिएका छन्।

गएराति अबेर सार्वजनिक गरिएको तथ्यांक अनुसार ३ सय ८ जनाको स्वाबको नमुना परिक्षणबाट १७ महिला र ४० पुरुष गरी कुल ५७ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार पर्साका ४२, बाराका १३, रौतहटका २ र सर्लाहीका १ जना गरी कूल ५७ जना संक्रमित थपिएका हुन्।

वीरगंजमा थपिएका संक्रमितहरु वीरगंज महानगरका विभिन्न वडा तथा ग्रामीण भेगका केही पालिकाका रहेका छन्। बिहीवार रातिको परीक्षणमा कुल परिक्षणको करिब १७ प्रतिशत पोजेटिभ नतिजा आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell