PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

हिजो साँझ कोभिड १९ पुष्टि, आज बिहान मृत्यु



पहिलोपोस्ट

हिजो साँझ कोभिड १९ पुष्टि, आज बिहान मृत्यु

काठमाडौं : चितवनमा कोभिड १९ संक्रमित एक महिलाको मृत्यु भएको छ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७७ वर्षीय बुद्धाको मृत्यु भएको हो।

अस्पताल भर्ना भएकी महिलाको बिहीवार साँझ कोभिड १९ पोजेटिभ भएको रिजल्ट आएको थियो।

'हिजो उहाँको कोभिड १९ भएको रिपोर्ट आएको थियो। आज बिहान उहाँको मृत्यु भयो,' स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell