PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

आमा र श्रीमतीको हत्या आरोपमा भारतीय पदकधारी खेलाडी पक्राउ



पहिलोपोस्ट

आमा र श्रीमतीको हत्या आरोपमा भारतीय पदकधारी खेलाडी पक्राउ

एसियन च्याम्पियनसिपमा कास्यपदक जितेका पूर्व भारतीय एथलेट एक्बाल सिंह आमा र श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन्। अमेरिकामा बस्दै आएका उनलाई हिरासतमा राखिएको भारतीय संञ्चारमाध्यमले जनाएका छन्।

डेलावर काउन्टीमा बस्ने ६२ वर्षीय सिंहले प्रहरीलाई फोन गरी आफूले अपराध गरेको स्वीकार गरेको श्रोतलाई उद्धृत गर्दै बताएका छन्। प्रहरी पुग्दा उनी रगतमा लतपतिएको अवस्थामा भेटिएको बताइएको छ। भित्र आमा र श्रीमतीको शव भएको बताइएको छ।

यद्यपि उनले श्रीमती र आमाको हत्या किन गरे भन्ने खुलेको छैन।

इक्बाले सन् १९८३ मा कुवेतमा भएको एसियन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। यो उनको करियरको सबैभन्दा ठूलो उपलब्धि थियो। त्यसपछि भने उनले अन्य प्रतियोगितामा सहभागिता जनाएका थिएनन्।

उनले भारतमा रहँदा पञ्जाप पुलिसमा पनि काम गरेका थिए। पछि उनी अमेरिका गएर बसेका थिए। जहाँ उनी क्याब ड्राइभरका रुपमा काम गरिरहेका थिए।

घटनापछि उनलाई अस्पताल लगेर उपचारपछि हिरासतमा रखेको बताइएको छ।

इकबालसँगै एसियन च्याम्पियनसिप जित्ने बलबिन्दर सिंहले भने उनी एक राम्रो स्वभावको मान्छे भएको बताएका छन्।

‘उनी सौम्य र राम्रो स्वभावका मान्छे थिए। अमेरिकामा यसबारे जाँच चलिरहेकाले म धेरै त भन्न सक्दिनँ। तर मलाई लाग्छ उनी कसैको हत्या गर्छन् जस्तो लाग्दैन। उनी अमेरिका गएपछि मेरो सम्पर्क छैन,’ बलबिन्दरले भनेका छन्।

यद्यपि उनकै समकालिनहरुले उनको बारेमा झगडालु ब्यक्तिका रुपमा पनि चित्रित गरेका छन। उनका समकालिन एकजना खेलाडीले ओलम्पिकमा जान नछानिदाँ इक्बालले अदालत जाने धम्कीसमेत दिएको बताएका छन्।

सन् १९८८ मा ओलम्पिकमा जान नछानिँदा उनले ओलम्पिक बोर्डबिरुद्ध अदालत जाने धम्कीसम्म दिएको ती खेलाडीले बताएका छन्। यसका लागि वकिलहरुसँग परामर्शसमेत लिए पनि उनी अदालत भने गएका थिएनन्। उनले आफ्नो समयमा राष्ट्रिय रेकर्ड समेत बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell