PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कोभिड-१९ अपडेट : पर्सामा हालसम्म ३३ जनाको मृत्यु, २९ जना आइसीयूमा, ६५३ जना संक्रमित होम आइसोलेसनमै



राधेश्याम पटेल

कोभिड-१९ अपडेट : पर्सामा हालसम्म ३३ जनाको मृत्यु, २९ जना आइसीयूमा, ६५३ जना संक्रमित होम आइसोलेसनमै

वीरगंज : कोभिड-१९ को संक्रमणबाट पर्सामा ३३ जनाको मृत्यु भएको छ। चैतदेखि भदौ १२ शुक्रवार बिहान १० बजेसम्मको तथ्यांकअनुसार ३३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको हो।

जसमा एक बेवारिसे शव र वीरगंज बस्दै आएका दुई जना भारतीय नागरिक पनि रहेका छन्। उनीहरुको वीरगंजको नारायणी, गण्डक, वीरगंज हेल्थकेयर, नेसनल मेडिकल कलेज तथा उपचार नपाएर मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी, अहिले पनि गण्डक हस्पिटलमा आईसियुमा रहेका १ जना ६० वर्षीय संक्रमितको अवस्था नाजुक रहेको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदायनारायण सिंहले बताए। डा सिंहका अनुसार उनलाई आइसीयूमा राखेर उपचार गराइरहेको छ।

हाल वीरगंजको दुई वटा कोभिड अस्पतालमा २९ जना संक्रमित आईसियुमा रहेको बताइएको छ। नारायणी अस्पतालको अस्थायी गण्डक कोभिड अस्पतालमा १८ महिला र ४६ पुरुष गरी कुल ६४ जना संक्रमित उपचारत रहेकोमा ९ जना आइसीयुमा रहेका छन् भने वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा ४८ पुरुष र १९ महिलासहित ६७ जना संक्रमित रहेका छन् जसमध्ये १४ पुरुष र ६ महिला संक्रमित गरी २० जना आईसीयुमा रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी गराए। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले पर्सामा संक्रमितहरुको संख्या २ हजार पार गरिसकेको र हाल सामुदायिक आइसोलेसन (होटल, धर्मशाला, स्कूल, क्वारेन्टाइन)मा गरी ३४६ जना संक्रमित रहेका छन् भने ६५३ जना संक्रमित होम आइसोलेसन अवधारणामा घरमै बसेर लाभ लिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell