PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सन्दीपआबद्ध जमैकाका ब्याट्स्म्यानले रिसाएर जब किमो पउलतर्फ ब्याट घुमाए...



पहिलोपोस्ट

सन्दीपआबद्ध जमैकाका ब्याट्स्म्यानले रिसाएर जब किमो पउलतर्फ ब्याट घुमाए...

क्यारेबियन प्रिमियर लिगमा सन्दीप आबद्ध जमैका तल्लावाज र अमेजन वारियर्सबीचको खेलमा झगडाको स्थिति बनेको विषयले चर्चा पाएको छ। अगस्ट २५ तारिखमा भएको खेलमा जमैकाका ब्याट्सम्यान आशिफ अली र वारियर्सका बलर किमो पउलबीच मैदानमै झगडाको स्थिति उत्पन्न भएको थियो।

जमैकाको ब्याटिङ चलिरहँदा ८ औं ओभरमा किमो पउलको बलमा आशिफ अली आउट भएका थिए। आशिफ आउट भएसँग पउल गएर उनलाई केही भने। जसका कारण रिसाएको आशिफले ब्याट उनीतर्फ घुमाए। उनको ब्याट पउलको नजिकबाट गए पनि छुन भने छोएन। यसले ठूलो विवाद निम्ताएको छ।

यसका लागि पाकिस्तानी ब्याट्सम्यान आशिफलाई सजाय पनि हुनसक्ने बताइएको छ। उक्त खेलमा जमैकाले ५ विकेटले जित हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell