PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

अस्पतालको कोभिड-१९ विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार भइरहेका रुपन्देहीकै तिलोत्तमा नगरपालिका ४ का ६० वर्षीय पुरुषको शुक्रवार बिहान २:३० बजे मृत्यु भएको हो।

भदौ ७ गते कोभिड-१९ संक्रमण पुष्टि भएका उनलाई सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। स्वासप्रश्वासमा समस्या, दिर्घ रोगी, प्रेसर भएका उनको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै लुम्विनी प्रादेशिक अस्पतालको कोभिड-१९ विशेष अस्थायी अस्पतालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell