PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

व्यवसायी विनोद चौधरीलाई कोरोना पुष्टि, सम्पर्कमा आएकालाई सचेत हुन गरे आग्रह



पहिलोपोस्ट

व्यवसायी विनोद चौधरीलाई कोरोना पुष्टि, सम्पर्कमा आएकालाई सचेत हुन गरे आग्रह

व्यवसायी विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ। ट्विटमार्फत् आफूलाई कोभिड १९ को संक्रमण भएको चौधरीले सार्वजनिक गरेका छन्।

'प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु। मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला,' चौधरीले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell