PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

विराटनगरमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु



फूलमाया पुरी

विराटनगरमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा एक संक्रमित महिलाको मृत्यु भएको छ।

लाहानकी ६५ वर्षीया महिलाको बिहान १०:४५ बजे मृत्यु भएको उपचार केन्द्रका संयोजक डा. दिपक सिग्देलले जानकारी दिए।

डा. सिग्देलका अनुसार बिहीवार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। ती महिलामा श्वासप्रश्वास(दम)को समस्या थियो। अस्पतालमा भर्ना हुनासाथ उनको स्वाब संकलन गरिएको थियो।

‘स्वास्थ्य अवस्था गम्भिर भएकाले स्वाब संकलन गरी पीसीआर गरियो’ सिग्देलले भने ‘साँझ पीसीआर रिपोर्ट पोजेटिभ आयो।’

‘कोरोना संक्रमण देखिएपछि रातिको १०:०० बजे कोशी अस्पताल कोभिड उपचार केन्द्रमा उहाँलाई सिफ्ट गरियो’ डा.सिग्देलले थपे ‘रातभरी ९० प्रतिशत अक्सिजनमा मेन्टेन नै हुनुहुन्थ्यो, अचानक बिहान ६:३० बजे सिकिस्त भएपछि भेन्टिलेटरमा तीन घण्टाभन्दा बढी राखियो, बिहान १०:४५ बजे उहाँको मृत्यु भयो।’

हाल कोशी अस्पताल कोभिड उपचार केन्द्रमा ४६ जना लक्षणसहितका कोरोना संक्रमितहरु उपचाररत रहेको संयोजक डा.सिग्देलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell