PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रस्तावित तीन राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी



पहिलोपोस्ट

प्रस्तावित तीन राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी
फाइल फोटो।

काठमाडौँ : संसदीय सुनुवाइ समितिले विभिन्न देशका प्रस्तावित तीन राजदूत विरुद्ध उजुरी आह्वान गरेको छ। समितिको शुक्रवार बसेको प्रारम्भिक बैठकले उजुरी आह्वानको निर्णय गरेको हो। समितिले बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी मागेको हो।

समितिले शनिवारदेखि लागू हुनेगरी दश दिनसम्म उजुरी दिन पाउने समयसीमा तोकेको छ।

भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो।

सरकारले परराष्ट्र सेवाका तीन सहसचिवहरुलाई राजदूतमा सिफारिस गरेको थियो।

जसमा गेहेन्द्र राजभण्डारीलाई बेल्जियम, तापस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell