PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु

काठमाडौं : चितवनमा उपचारका क्रममा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुरको श्री पुष्पाञ्जली अस्पतालमा उपचारका क्रममा भरतपुर २ क्षेत्रपुरका एक जनाको मृत्यु भएको हो।

५ गते श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएका ५१ वर्षका पुरुषमा ८ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएसँगै अस्पतालमै सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेका उनको आज शुक्रवार विहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड-१९ फोकल पर्सन डाक्टर सन्दीप पाण्डेले जानकारी दिएका छन्।

मृतकमा लामो समयदेखि फोक्सो र दमको बिरामी रहेको र यस अस्पतालमा भर्ना हुने समयमा गम्भीर निमोनिया देखिएको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

शुक्रवार नै भरतपुरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा हेटौंडाकी एक महिलाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell