PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पोखरामा एक जना कोभिड-१९ संक्रमितको गयो ज्यान : बिहान भर्ना, दिउँसो मृत्यु



पहिलोपोस्ट

पोखरामा एक जना कोभिड-१९ संक्रमितको गयो ज्यान : बिहान भर्ना, दिउँसो मृत्यु
फाइल फोटो: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकी तनहुँकी एक महिलाको शब व्यवस्थापन गर्दै नेपाली सेनाको टोली।

काठमाडौं : पोखरामा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्र उपचाररत ५२ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

श्वास प्रश्वासमा समस्या भई उपचारका लागि शुक्रवार नै प्रतिष्ठानमा उपचारका पुगेका पोखरा महानगरपालिका वडा नं. १६ पुरुषको शुक्रवार नै अपराहन्न १२:१५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।

मृतकमा कोभिड-१९ सँगै हाइपरटेन्सन डाइबिटिजसमेत रहेको अस्पतालले जनाएको छ। प्रतिष्ठानमा योसँगै मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell