जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट बाहिरिने घोषणा गरेका छन्। आफ्नो स्वास्थ्यको कारण देखाउँदै उनले यस्तोको घोषणा गरेका हुन्। सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीलाई जानकारी गराउँदै उनले शुक्रवार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन्।
प्रधानमन्त्री आवे र उनको दलका उच्च अधिकारीबीच शुक्रवार नै आपतकालीन बैठक भएको थियो। पछिल्लो दुई सातामा आवे दुई पटक उपचारका लागि अस्पताल पुगिसकेका छन्। पछिल्ला महिना आवे राजनीतिक व्यस्तता थिए। कोभिड-१९ पान्डेमिक तथा प्राकृतिक प्रकोपको सिकार भएको जापानको संकट व्यवस्थापनका लागि ब्यस्त थिए।
६५ वर्षका आवेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आफूले थप प्रधानमन्त्री हुन नसक्ने बताएका छन्।
'यदि मैले जनताको लागि उत्कृष्ट निर्णय लिन सक्दिन भने म प्रधानमन्त्री पनि हुन सक्दिन्। मैले मेरो पदबाट बाहिरिने निर्णय गरेको छु,' पत्रकार सम्मेलनमा उनले भनेका छन्। यद्यपि, उनले कहिले पद छाड्ने भन्ने खुलाएका छैनन्।
पछिल्लो समय उनी सत्तामा आए पछि उनको अलोकप्रियता चुलिँदै गएको छ। २०१२ मा पुन: सत्तामा आए पछि अहिले उनको लोकप्रियता सबैभन्दा कमजोर देखिएको छ।
सम्बोधनका क्रममा उनले आफ्ना वाचाहरु पूरा नहुँदै राजिनामाको घोषणा गर्नु भावनात्मक निर्णय भएकोसमेत बताएका छन्।
आवेले प्रधानमन्त्री पदबाट स्वास्थ्यका कारण राजिनामा दिएको दोस्रो पटक हो। सन् २००७ मा आवेले स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएका थिए। आवेको कार्यकाल २०२१ सेप्टेम्बरसम्म छ। उनी उनका काकाको लगातार सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहने व्यक्तिको रेकर्ड तोडेका छन्।
२००७ मा राजीनामा दिएका आवे २०१२ मा तल्लो सदनमा सत्तारुढ दलले बहुमतसहितको नतिजा हासिल गरेपछि पुन: सत्तामा फर्किएका हुन्। उनले सात वर्ष लामो समय लगातार शासन गर्ने नेताको रेकर्डसमेत कायम गरेका छन्।
सन् २००६ मा आवे पहिलो पटक जापानको प्रधानमन्त्री बनेका थिए। जापानको राजनीतिक इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने रेकर्ड पनि आवेको छ। आवे ५२ वर्षको उमेरमा पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
