PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रियालाई सुशान्तकी पूर्वप्रेमिका अंकिताको कडा जवाफ



पहिलोपोस्ट

रियालाई सुशान्तकी पूर्वप्रेमिका अंकिताको कडा जवाफ

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा प्रेमिका रिया चक्रवर्तीले दिएको वयानलाई पूर्वप्रेमिका अंकिता लोखंडेले खण्डन गरेकी छन्। अंकिताले एकपटक फेरि रियाका दावीलाई गलत भनेकी छन्।

रियाले आजतकलाई दिएको अन्तर्वार्तामा सुशान्त सन् २०१३ देखि डिप्रेशनमा रहेको र मनोचिकित्सकलाई भेटेको तथा निदाउने औषधि सेवन गर्दै आएको बताएकी थिइन्। अंकिताले यसलाई खण्डन गर्दै भनेकी छन्, ‘सुशान्त मसँग हुँदा डिप्रेशनको कुनै समस्या थिएन। म सुशानतसँग २३ फेब्रअरी २०१६ सम्म सँगै थिए। त्यतिबेलासम्म उनलाई डिप्रेशनको कुनै समस्या थिएन। उनले कुनै मनोचिकित्सकसँग भेट पनि गरेका थिएनन्। उनी एकदम फिट थिए।’

रियाको वयानलगत्तै ट्वीटरमा एक नोट शेयर गर्दै अंकिताले हरेक वयान गलत भएको उल्लेख गरेकी छन्।

अंकिताले ब्रेकअपपछि सुशान्तसँग कहिल्यै नभेटेको र सम्पर्कमा पनि नरहेको स्पष्ट पारेकी छन्। आफूमाथि रियाले सुशान्तसँग फोनमा कुरा गरेको भन्ने आरोप गलत भएको अंकिताले उल्लेख गरेकी छन्।

अंकिताले आफू सुशान्तको परिवारको साथमा रहेको र परिवारले न्याय पाउनुपर्ने पनि बताएकी छिन्। आफूले रियाका दावीलाई समर्थन नगर्ने पनि स्पष्ट पारेकी छन्।

अंकिताले सुशान्तलाई उचाईसँग डर लाग्ने गरेको र उनी जहाज चढ्नुभन्दा पहिला निदाउने औषधि लिन्थे भन्ने रियाको दावीलाई पनि तथ्यसहित खण्डन गरिसकेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell