अमेरिकी गीतकार एवं गायिका ब्रिट्नी स्पेयर्सको कानूनी संरक्षक विवाद चर्कदो छ। यसैबीच उनकी दिदी जेमी लिन स्पेयर्सले आफू संरक्षक रहने गरी माग गरेकी छिन्।
सन् २०१८ मा आफ्नो सम्पतिको ट्रस्टीका रुपमा ब्रिट्नीले दिदीलाई पनि राखेकी थिइन्।
पछिल्लो साता लिन स्पेयर्सले अदालतमा ब्रिटनीका सन्तानका लागि स्थापित कोषमा जम्मा गरेको रकममा आफ्नो नियन्त्रण रहने बताएकी हुन्। उनले कोषको पैसा आफ्नो खातामा स्थानान्तरित गर्नका लागि समेत अपिल गरिन्।
अदालतले उनको पक्षमा निर्णय गरेको खण्डमा उक्त रकम ब्रिट्नीकी दिदीको नाममा जाने बीबीसीमा उल्लेख गरिएको छ।
हालसम्म ३८ वर्षीया गायिकाको सम्पत्ती उनको बुवा जेमी स्पेयर्सको नियन्त्रणमा छ।
जेमी ब्रिट्नीको मानसिक स्वास्थ्यका कारण १२ वर्षदेखि कानूनी संरक्षक रहेका छन्।
तर, एक साता अघि ब्रिट्नी स्पेयर्स आफ्नो व्यक्तिगत् एवं व्यवसायीक जीवनमा हस्तक्षेप गरेको भन्दै बुवाविरुद्ध निवेदन लिएर अदालत पुगेकी थिइन्।
