PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जुलुसमा हिँडेका १२ जना राप्रपाका विद्यार्थी नेता पक्राउ



पहिलोपोस्ट

जुलुसमा हिँडेका १२ जना राप्रपाका विद्यार्थी नेता पक्राउ

काठमाडौं : पुजारी हत्याको विरोधमा प्रदर्शन गर्ने राप्रविसंका १२ विद्यार्थी प्रक्राउ परेका छन्।
रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको थियो।

प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ।
प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्वमाथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell