दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपुतसँगको सम्बन्ध र आफूमाथि लागेको आरोपको खण्डनका क्रममा प्रेमिका रिया चक्रवर्तीले मिडियामा दिएको वयानमा अभिनेत्री कंगना रनौतले कडा आक्रोश पोखेकी छन्।
रियाले सुशान्त पहिले (सन् २०१३) देखि नै मानसिक विरामी रहेको दावी गरेकी थिइन्। यो दावीलाई पूर्वप्रेमिका अंकिता लोखंडेले खण्डन गर्दै रियालाई जवाफ दिइसकेकी छन्। अब अभिनेत्री कंगनाले पनि सुशान्तबारे रियाको सबै टिप्पणी गलत भएको बताएकी छन्।
कंगनाले ट्वीटरमा रियाको दावीलाई खारेज गरेकी छन्। यस प्रकरणमा उनले एकपछि अर्को ट्वीट गरेकी छन्। उनले पूर्वप्रेमिका अंकिताको ट्वीट पनि रीट्वीट गरेकी छन्। रियासँग भेट्नुअघि सुशान्त पूर्ण रुपमा स्वस्थ रहेको कंगनाको दावी छ।
'रियासँग डेट गर्नुभन्दा पहिला सुशान्तको कुनै मानसिक विमारीको हिस्ट्री छैन। यो मानसिक विमारीवाला प्लट, भुतवाला होटलमा रोकिने र युरोप यात्राका क्रममा ‘एयर सिकनेस’ हुनेखालको कुरा कमालको स्क्रिप्टपछि निस्केर आएको छ। यति बेकार स्क्रिप्ट राइटर को हो?' कंगनाले ट्वीटमा लेखेकी छन्।
Fact #Sushant had no history of mental illness before dating Rhea last year, this mental illness plot point was introduced in a goth hotel post genius plot twist of air sickness on a trip to Europe, who is the lame script writer? https://t.co/v2gu3BmEWk
— Kangana Ranaut (@KanganaTeam) August 27, 2020
कंगनाले अर्को ट्वीटमा लेखेकी छन्, ‘सुशान्तलाई फ्लाइटमा कुनै डर लाग्थेन। कसले यो बकवास स्क्रिप्ट लेख्यो? महेश भट्ट कि जावेद अख्तर?' कंगनाको प्रश्नलाई धेरै प्रयोगकर्ताले समर्थन गरेका छन्।
Fact #Sushant had no fear of flying who came up with this tacky script? Mahesh Bhatt or Javed Akhtar ? https://t.co/cSguoR5Bb4
— Kangana Ranaut (@KanganaTeam) August 27, 2020
सुशान्त सिंह राजपूतको निधन १४ जुनमा भएको थियो। उनको मृत्युको कारण खोज्न सीबीआईले जाँच गरिरहेको छ।
