काठमाडौं : चितनवमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। गोरखा आबुखैरेकी १३ का ३८ वर्षका युवाको उपचारका क्रममा शुक्रवार दिउसो २: ३० बजे भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।
साउन ६ गते उपचारका लागि अस्पतालमा भर्ना भएका उनमा १० गते कोभिड १९ को संक्रमण पुष्टि भएकव थियो। उपचारका क्रममा उनको शुक्रवार मृत्यु भउको अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले जानकारी दिए। आज शुक्रवार मात्र चितवनमा तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।
बिहान चितवन मेडिकल कलेजमा भएको हेटौंडाकी महिला र श्री पुञ्पाञ्जली अस्पतालमा भरतपुरकै एक पुरुषको मृत्यु भएको थियो।
