PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सुशान्तका परिवारलाई भेटेर मोदी सरकारका मन्त्रीले भने, ‘यो आत्महत्या होइन’



पहिलोपोस्ट

सुशान्तका परिवारलाई भेटेर मोदी सरकारका मन्त्रीले भने, ‘यो आत्महत्या होइन’

भारतको केन्द्र सरकारका एक मन्त्रीले बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु आत्महत्या नभई हत्या भएको दावी गरेका छन्।

सुशान्तको मुद्दामा सीबीआईले जाँच गरिरहेका बेला नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका मन्त्री रामदास अठावले शुक्रवार हरियाणास्थित फरीदाबादमा सुशान्तका पिता केके सिंह र बहिनी रानी सिंहसँग भेट गरेका थिए। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अठावले सुशान्तको मृत्युलाई हत्या भनेका हुन्।

‘मलाई लाग्छ कि सुशान्तको मृत्यु आत्महत्या होइन। यो त हत्या हो,’ उनले भने, ‘सुशान्तको परिवारले न्यायको माग गरेको छ। सीबीआईद्वारा जो जाँच चलिरहेको छ, त्यसमा अहिले सुशान्तको परिवार सन्तुष्ट छ।’

सुशान्तका पिताले पनि आफ्नो छोराको योजनाबद्ध रुपमा हत्या गरिएको भन्दै प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। उनकै उजुरीका आधारमा सीबीआईले छानविन गरिरहेको छ। पिताले केकेले दुई दिनअघि मात्रै रियामाथि आफ्नो छोरालाई विष पिलाएर मारेको आरोप लगाउँदै गिरफ्तार गर्न माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell