PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

४७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान : ३८ प्रतिशत काठमाडौं जिल्लाका, कुन जिल्लामा कति थपिए?



पहिलोपोस्ट

४७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान : ३८ प्रतिशत काठमाडौं जिल्लाका, कुन जिल्लामा कति थपिए?

काठमाडौं : पछिल्लो २४ घण्टामा ४७ जिल्लामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट भएको १० हजार २२९ नमुनाको परीक्षणका क्रममा ३३४ महिला र ५९३ पुरुष सहित ९२७ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ३७.७५ प्रतिशत काठमाडौं जिल्लाका मात्र छन् भने ५७.३८ प्रतिशत वाग्मती प्रदेशका छन्।

काठमाडौं जिल्लामा मात्र ३५० जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।

त्यस्तै, भक्तपुरमा ५४ र मकवानपुरमा ५१ जना संक्रमित पहिचान भएका छन्। ललितपुरमा ११ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, प्रदेश ५ मा ११७  जना संक्रमित फेला परेका छन्। जसमध्ये रुपन्देहीमा मात्र ७२ जना रहेका छन्। प्रदेश १ मा १११ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा ४७ र सुनसरीमा ४१ जनामा संक्रमण देखिएको छ। प्रदेश २ मा ९१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, गण्डकी प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा २१ र कर्णालीमा २० जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell