PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ओलम्पिक कमिटीका महासचिवसहित थप तीनमा देखियो कोरोना संक्रमण, स्वाब दिएको ७ दिनपछि आयो रिपोर्ट



पहिलोपोस्ट

ओलम्पिक कमिटीका महासचिवसहित थप तीनमा देखियो कोरोना संक्रमण, स्वाब दिएको ७ दिनपछि आयो रिपोर्ट

काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी) मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि एनओसीमा कार्यरत दुई जनालाई कोरोना संक्रमण देखिएपछि गरिएको २० जनाको परीक्षणमा थप तीन जनाको कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा महासचिव निलेन्द्रराज श्रेष्ठसमेत तीन जना रहेका छन्। यसअघि स्क्वासका एकजना प्रशिक्षकमा कोरोना भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा भान्सामा काम गर्ने कर्मचारीसहित २ जनामा कोरोना पुष्टि भएको थियो।

‘१० दिन अघि स्वाब संकलन गराएका थियौं। नेगेटिभ हुनेको नतिजा आइहाल्यो। हाम्रो अलि ढिला आयो। ७ दिनपछि रिपोर्ट आयो। आज जानकारी दिँदैछौं ,’ महासचिव श्रेष्ठले भने, ‘हामीलाई लक्षण देखिएको छैन। परीक्षणका लागि स्वाब दिएसँगै हामी आइसोलेसनमा थियौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell