PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

कास्कीमा केही खुकुलो भयो निषेधाज्ञा, जोरबिजोर प्रणाली लागू



रासस

कास्कीमा केही खुकुलो भयो निषेधाज्ञा, जोरबिजोर प्रणाली लागू

पोखरा : कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि जारी निषधाज्ञालाई कास्कीमा खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागू गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार शनिवारदेखि जोर गते जोर नम्बर भएका सवारीसाधन र बिजोर बार बिजोर नम्बर भएका सवारीसाधन बिहान ६ देखि बेलुका ८ बजेसम्म सडकमा गुड्न पाउने छन्। विद्यालयलगायतका शैक्षिक संस्था, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्विमिङ पुल, ब्यूटी पार्लर, शैलुनलगायतका सेवा तथा स्थलहरु भने सञ्चालन अनुमति दिइएको छैन।

समुदायस्तरमा संक्रमित भेटिन थालेपछि र चाडपर्वमा भिडभाड हुने भन्दै प्रशासनले कास्कीमा यही भदौ ३ गतेदेखि सात गतेसम्म र पुनः दोस्रोपल्ट आजसम्म निषेधाज्ञा जारी गरेको थियो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म दुई हजार ३६ जनामा संक्रमण देखिएको छ।

आज मात्र ३१ जना संक्रमित देखिएका छन्। आज थप एक जनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा मृत्यु हुनेको संख्या १० पुगेको छ। हालसम्म एक हजार छ सय ७२ जना निको भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell