PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

विदेशबाट ४९० नेपाली फर्किए स्वदेश, १६ शव काठमाडौं ल्याइयो



रासस

विदेशबाट ४९० नेपाली फर्किए स्वदेश, १६ शव काठमाडौं ल्याइयो

काठमाडौं : विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन्। नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एकएक उडान गरेका छन्।

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ शव नेपाल ल्याएको छ। हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ। त्यस्तै, कतार एयरवेजले दोहाबाट ७२ नेपाली काठमाडौं ल्याएको छ। उसले काठमाडौंबाट फर्किदा १२७ यात्रु लगेको विमानस्थल कार्यालयले जनाएको छ।

शनिवार पनि विभिन्न एयरलाइन्सका छ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले तालिका सार्वजनिक गरेको छ। पहिलो उडान सिल्क एयरले सिङ्गापुरबाट यात्रु काठमाडौं ल्याउनेछ। जजीरा एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउने जनाइएको छ।

त्यस्तै, हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट काठमाडौंका लागि चार्टर्ड उडान गर्नेछ। नेपाल एयरलाइन्सले क्वालालम्पुर र कुवेतबाट उद्धार उडान गरी नेपाली फर्काउने उडान तालिका छ।

आज आन्तरिकतर्फ सिम्रिक र कैलाशको हेलिकोप्टरले गोरखामा समान एक उडान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell