PahiloPost

May 15, 2025 | २ जेठ २०८२

वीरगंजमा ६५ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु



राधेश्याम पटेल

वीरगंजमा ६५ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु

वीरगंज : वीरगंजमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धा रहेकी छन्।

अचानक श्वासप्रश्वासमा समस्या भएपछि शुक्रवार दिउँसो साढे १२ बजे नारायणी अस्पतालमा भर्ना भई आइसीयूमा उपचारको क्रममा साँझ ७ बजे मृत्युु भएको नारायणी अस्पतालका डा उदयनारायण सिंहले बताए। मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पताल पीसीआर प्रयोगशालामा गरिएको जिन एक्सपर्ट परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको प्याथोलोजिस्ट डा नीरा पाठकले बताइन्।

जिन एक्सपर्ट परीक्षणले शरीरमा कोभिड-१९ भाइरस संक्रमण रहेको/नरहेको देखाउँछ। तर, भाइरस जीवित छ या मृत छ भन्ने बारे भने स्पष्ट हुँदैन। त्यसको लागि आरटी-पीसीआर परीक्षण नै गर्नु पर्छ।

योसँगै पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३४ पुगेको छ। जसमा वीरगंजमा बस्दै आएका दुई भारतीय नागरिक र एक जना पहिचान नखुलेका व्यक्ति समेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell